नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सकियो

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १४ : १०
नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सकियो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक २ बजे सकिएको हो ।

बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी ओलीले चाल्न सक्ने आगामी कदमपछिको रणनीतिबारे उनीहरू जानकारी गराएका थिए ।

केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद  छलफल सुरु भएको छ । केन्द्रीय समिति बैठक सकिएपछि सांसद नरहेका नेताहरु बैठक हलबाट बाहिरिएका छन् ।

सांसद सँगको परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजानेबारे निर्णय लिनेछ । ओलीले दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस