सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ११ : ३०
सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज ‍छापावाला सुन बुधबारको तुलनामा प्रतितोला २०० रूपैयाँले बढेर ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस