छलफलमा माओवादी मन्त्री अनुपस्थित

मंगलबार, १३ चैत्र २०७४, १३ : ३२
छलफलमा माओवादी मन्त्री अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी कुटनीतिज्ञहरूसँग मंगलबार छलफल गरेका छन् । तर, यो छलफलमा माओवादीका तर्फबाट सरकारमा सहभागि कुनै मन्त्री तथा नेता भने उपस्थित भएका छैनन् ।

सरकारका नीति र प्राथमिकताबारे जानकारी दिन बालुवाटार मंगलबा भएको छलफलमा प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागि छन् । छलफलमा एमाले नेता माधव कुमार नेपाल र झलनाथ खनाल समेत सहभागि छन् ।

परराष्ट्र मन्त्रालयको संयोजनमा भएको छलफलमा कुटनीतिज्ञहरुले पछिल्लो समय आफूखुसी सांसद तथा मन्त्रीहरु भेटघाट गरेपछि त्यसवारे सजग गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस