काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को जोखिम कायम रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कोभिड–१९ को जोखिम कायमै रहेकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होली मनाउन आग्रह गरिएको बताए ।
उनले चाडपर्व मनाउने नाममा कुनैपनि अवाञ्छित गतिविधिहरु नगर्न पनिसचेत गराएका छन् । कसैको इच्छाविपरित रङ हान्ने, लोला तथा पानी छ्याप्ने, नसालु पदार्थ खाने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने जस्ता व्यक्तिको जीवनमा असर पर्नेखालका कार्यहरु नगर्न प्रशासनले सचेत गराएको हो ।
यस्तो गतिविधि कसैले गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ । यसवर्षको होली पर्व उपत्यकासहित पहाडी क्षेत्रमा चैत १५ र तराई भेगमा १६ गते परेको छ । विगतका वर्षहरुमा होली धुमधामका साथ मनाइँदै आएकोमा कोरोनाका कारण यसवर्ष सामान्य ढंगले मनाउन आग्रह गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०७७, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रानाथारू बस्तीमा होलीको उल्लास
जनकपुरधाममा आज पनि होली मनाइँदै, मधेश प्रदेशमा बिदा
आज मधेशका जिल्लामा होली मनाइँदै
प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली
ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली
होलीमा ३० हजार प्रहरी परिचालन, काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट