काठमाडौं । पछिल्लो समय क्विक रेस्पोन्स कोड (क्यूआर कोड)मार्पmत हुने कारोबार रकम ह्वात्तै बढेको छ। चालू आर्थिक वर्षको माघ महिनामा मात्रै एक अर्ब ७१ करोड २० लाख रुपियाँ बराबरको कारोबार भएको छ।
‘क्यूआर कोड’ अर्थात् ‘क्विक रेस्पोन्स कोड’। क्यूआर कोडमा सेतो पृष्ठभूमिमा स्क्वायर ग्रिडमा काला चार कुने स्क्वायर समावेश हुन्छ, जुन क्यामराजस्ता इमेजिङ उपकरणले पढ्न सक्छ। चीन, भारत, अमेरिका, युरोप तथा जापानलगायत देशमा अधिकांश कारोबार हुने गरेको यो प्रणालीबाट कारोबार गर्दा मोबाइलबाट बैङ्कले उपलब्ध गराएको कोड क्लिक गर्नेबित्तिकै कारोबार हुन्छ।
सेतो र कालो ‘पिक्स प्याटर्न’को सानो ‘क्रसवर्ड पजल’जस्तो देखिने क्यूआर कोडको माध्यमबाट छिटोछरितो तरिकाबाट तत्काल कारोबार गर्न सकिन्छ। मोबाइलको सहाराबाट कुनै पनि कारोबार सजिलैसँग गर्न सकिन्छ। क्यूआर कोड भुक्तानीका लागि बैङ्क खातासँगै मोबाइल बैङ्किङ एप हुनुपर्छ। ई–सेवा, खल्ती, आईएमई पेलगायतका वालेटबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ। मोबाइल बैङ्किङ एपभित्रै कुनै मर्चेन्ट जस्तैः फोन पे, युनियन पे इत्यादिको फिचर लिङ्क भएको हुन्छ।
कुनै पनि सामान वा सेवा खरिद गर्ने स्थानमा क्यूआर कोड स्क्यान गर्ने सानो बोर्डमा मोबाइल बैङ्किङ एप खोली क्यूआर कोड स्क्यान गरी तिर्नुपर्ने रकम भुक्तानी गर्न सकिन्छ। क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने र ग्राहकबाट भुक्तानी भएको रकम बैङ्क खातामै जम्मा हुने हुँदा सुरक्षितसमेत हुन्छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ चैत्र २०७७, ०९ : ०३
लेखकबाट थप