निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन् । खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् ।
मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिवाना तिर्नुपर्ने हुन्छ। सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानुनी व्यवस्था छ ।
तर स्वास्थ्य मन्त्रालयको गेटमै सुर्तीजन्य पदार्थ किनबेच हुन्छ भने क्यान्टिनमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले धूमपान गरिरहेको देखिन्छ । स्वस्थ्य राज्यमन्त्री पद्मा अर्यालले कानुन बने पछि मन्त्रालयबाटै कानुन कार्यान्वयन गर्न लागेको बताइन् ।
‘कानुनले मात्रै भएन, व्यवहारमा पनि सुर्तीजन्य पदार्थले हानि गर्छ भन्ने आत्मबोध हुनुपर्यो,’ उनले भनिन । अर्यालले मन्त्रालयप्रवेश गर्नेलाई गेटमा जाँच गरेर सुर्तिजन्य पदार्थ बोकेको भए डस्टबिनमा फाल्न लगाएर प्रवेश गर्न दिने बताइन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ चैत्र २०७४, ०७ : ३८
लेखकबाट थप