जिप दुर्घटनामा परि एकजनाको मृत्यु, ६ जना घाईते

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, १२ : ०३
जिप दुर्घटनामा परि एकजनाको मृत्यु, ६ जना घाईते

कञ्चनपुर । कञ्चनपुरमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  अन्य ६ जना घाइते भएका छन् । दुर्घटना आज बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा भएको हो ।

महेन्द्रनगरबाट धनगढी आउँदै गरेको  म १ ज २४३ नम्बरको गाडीको टायर पड्किदा उक्त दुर्घटना हुन पुगेको बताईएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ। अन्य घाईतेहरुको  धनगढीको  अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस