आठबीस घटना : ५ वर्षीया बालिका रजनीको शव भेटियो

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १६ : ०८
आठबीस घटना : ५ वर्षीया बालिका रजनीको शव भेटियो

सुर्खेत  ।  आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव नौ दिनपछि भेटिएको छ ।  गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ।  उनको शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको हो ।

नौ दिन पछि रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते ९सोमबार० सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । उनीहरुको सामूहिक दाहसंस्कार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस