वीरगञ्ज । वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–३१ बेल्वाको कबी इँटा उद्योगको भट्टामा खसेर सञ्चालक ५० वर्षका कलाम मियाँ र भारतीय कामदार कमलेश कुमार घाइते भएका हुन् ।
उनीहरुमध्ये सञ्चालक मियाँको अवस्था गम्भीर छ । इँटाभट्टा नजिकै चिप्लिएर लडेका कामदार कमलेशलाई बचाउन जाँदा सञ्चालक मियाँ जलेर गम्भीर घाइते भएका हुन् ।
घाइते कमलेशका अनुसार आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन गएका थिए ।उनको नारायणी बयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, १३ : १०
लेखकबाट थप