नेप्से परिसूचक ओरालो लाग्दै ,  सुस्तायो कारोबार रकम

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १६ : ३१
नेप्से परिसूचक ओरालो लाग्दै ,  सुस्तायो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ ।

नेप्से परिसूचक १८ दशमलव ०७ अंक्ले घटेर २ हजार ३ सय ८९ दशमलव १९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०७ अंकले घटेको छ ।

नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सूस्ताएको छ । आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ ।

दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस