वामदेव गौतमले पनि बोलाए आफ्नो समुहको बैठक

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, ११ : ५४
वामदेव गौतमले पनि बोलाए आफ्नो समुहको बैठक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पनि आफ्नो समूहका नेता, कार्यकर्ताको बैठक बोलाएका छन् ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेपछि त्यसबारे छलफल गर्न उपाध्यक्ष गौतमले आफ्नो समूहको बैठक बोलाएका हुन् ।

पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको गौतमनिकट नेता एवं राष्ट्रिय एकता अभियान सचिव बाबुराम थापाले जानकारी दिए । अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय लिएपछि उपाध्यक्ष गौतमले तत्काल उक्त कदम सच्याउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस