देश विकासका लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १४ : ४९
देश विकासका लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन । आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताए । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने बताए । उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए ।

उनले भने, ‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ । मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरेँ । जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन । अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ । त्यहाँ व्यक्तिगत छैन । अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ । रुसमा पनि त्यो लागू भएको छ । चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन । भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो । मुख्य उत्पादनको साधन हो । त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन ।’

उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
 

प्रतिक्रिया दिनुहोस