प्रचण्ड भेटेर वामदेव गौतम कँहा किन पुगे माधव नेपाल–झलनाथ खनाल ?

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, ०९ : २२
प्रचण्ड भेटेर वामदेव गौतम कँहा किन पुगे माधव नेपाल–झलनाथ खनाल ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा हिजोको दिन उस्तै उथलपुथलपूर्ण रह्यो । सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्र नै ब्ँयूताउने निर्णय गरेपछि एमालेमा अहिले प्रष्ट तीन धार देखिएको छ । प्रधानमन्त्री एवंम अध्यक्ष केपी ओली निरकुशं शैलीमा एकलौटी अघि बढ्न खोजेका छन् । दोश्रो माधव नेपाल पक्ष ओली प्रवृतिका विरुद्ध संर्घषरत छ । ४ र ५ गते चैतमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर ओली विरुद्ध संर्घष गर्ने तयारीमा छ ।

तेश्रो नेकपाकै विभाजनमा कतै नखुली पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका वामदेव गौतम । अहिले उनी नेकपा एकता होइन, एमालेभित्रको सम्मानजनक एकताको पक्षमा छ । तर प्रधानमन्त्री ओलीले आफु पक्षिय नेताहरुको मात्र केन्द्रीय समिति बैठक बोलाएर जिम्मेवारी हेरफेर देखि विधान संसोधन सम्म गरेर माओवादी धारका २३ नेतालाई केन्द्रीय समितिमा थप गर्ने सम्मका निर्णय एकलौटी गरेपछि एमालेभित्र विवादले उत्कर्ष रुप लिएको छ । यो विवादले एमाले भित्रको एकता सग्लो रुपमा हुने सम्भावना देखिन्न । कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा माधव नेपाल र झलनाथ खनालहरु ओलीसँग झुक्ने भन्दा संर्घष गर्नेतिर केन्द्रीत हुन थालेपछि एमालेमा विभाजनको बिउ हुर्किसकेको छ । 

ओलीले चैत ७ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । भृकुटीमण्डपबाट नै ओलीले नेपाल पक्षलाई केन्द्रीय समिति बैठकमा आउन निर्देशन मात्रै गरेका छैनन्, नआए... भन्दै विधान बमोजिम हुदैं जाने भनेर धम्कीयुक्त चेतावनी पनि दिएका छन् । वातावरण बिग्रदैं जान थालेपछि ओलीको टिमभित्रै पनि ओली शैलीको आलोचना हुन थालेको छ । पार्टी एकताका लागि प्रधानमन्त्री ओलीले नै तदरुकता देखाउनु पर्ने, ठूलो छाती बनाउनु पर्ने भन्दै प्रश्न उठिरहेका बेला चियापान कार्यक्रम राखिएको भन्दै ओलीले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पनि निम्तो पठाएका छन् ।

ओलीले चैत ७ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । भृकुटीमण्डपबाट नै ओलीले नेपाल पक्षलाई केन्द्रीय समिति बैठकमा आउन निर्देशन मात्रै गरेका छैनन्, नआए... भन्दै विधान बमोजिम हुदैं जाने भनेर धम्कीयुक्त चेतावनी पनि दिएका छन् । वातावरण बिग्रदैं जान थालेपछि ओलीको टिमभित्रै पनि ओली शैलीको आलोचना हुन थालेको छ ।

माधव नेपाल पक्षले भने उक्त चियापान कार्यक्रम बहिष्कार गर्ने जनाईसकेका छन् । त्यसो त नेपाल पक्षले चैत ७ गते बोलाईएको केन्द्रीय समिति बैठक समेत बालुवाटारमा राखिए नजाने प्रष्टाईसकेको छ । दुई दिन निरन्तर छलफलपछि राष्ट्रिय कार्यकर्ता भेलाको तिव्र तयारीमा जुटेको नेपाल खनाल पक्षले माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लगत्तै कोटेश्वर स्थित एक निजि घरमा माधव नेपाल र झलनाथ खनालले प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । ओलीको निरंकुशताका विरुद्ध पार्टीभित्र आफुहरु संर्घषमा जान खोजेको भन्दै नेपाल र खनालले छलफल गरेको स्रोतको भनाई छ ।

निर्वाचन आयोगमा आफुहरुले ओलीको गलत रवैया र प्रवृतिका विरुद्ध पत्राचार गरेर कानुनी लडाई शुरु गरिसकेको र थप सार्वजनिक रुपमा पनि लड्न लागेको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई भेटेलगत्तै वरिष्ठ नेताद्दय माधव नेपाल र झलनाथ खनालले उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए । गौतम निवासमै पुगेर नेपाल र खनालले आफुहरुले ओली विरुद्द नझुक्ने नीति लिएको र बिर्सजनवाद र दक्षिणपन्थी बिर्सजनवादका विरुद्ध एकताबद्ध भएर लड्न चाहेको बताएका थिए ।

गौतमले पनि ओलीको कदमले एकता भंग गर्ने काम गरेको भन्दै ओलीलाई निर्णय फिर्ता लिन अपिल गर्दै आईरहेका थिए । ओलीमा तानाशाही प्रवृति बढेको भन्दै गौतमले अब ओलीलाई सच्याउने बाटो करिब समाप्त भएको उनी नसच्चिने गरी अगाडी बढेको बताएका थिए । यो मझधारको भूमिकामा रहेका गौतमलाई आफुहरुसँगै सहकार्य गरेर ओली प्रवृतिसँग जुध्न नेपाल र खनालले आग्रह गरेका थिए । हिजो साँझ खनाल र नेपाल पक्षका ११ जना स्थायी समिति सदस्यहरुले जारी गरेको वक्तब्यमै उपाध्यक्ष गौतमलाई पनि मनाएर वक्तब्य दिने तयारीमा खनाल र नेपाल थिए ।

त्यसका लागि पनि उनीहरुले हिजो साँझ ७ बजे गौतम निवास पुगेर भेट गरेका थिए । झण्डै दुई घण्टा नेपाल र खनालले वामदेवलाई आफुहरुसँगै मिलेर ओली प्रवृतिसँग जुधेर हिड्न आग्रह गरेका थिए । उनीहरुले संयुक्त वक्तब्य दिने देखि ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा आउन समेत गौतमलाई निम्ता दिएका थिए । तर गौतमले ओली प्रवृतिसँग जुध्नुपर्ने आवश्यकता रहेपनि अहिले पनि आफु एकताबद्ध कम्युनिष्ट आन्दोलनको पक्षमा रहेकोले अझै केही समय आफुलाई पर्खिदिन आग्रह गरेको नेपाल निकटका एक स्थायी समिति सदस्यले सफलखबरलाई बताए ।

‘वामदेव कमरेड कँहा माधव कमरेड र जेएन कमरेड जानुभएको थियो । उहालाई पनि हामीले दिएको संयुक्त वक्तब्यमा सहभागी भएर हस्ताक्षर गर्न आग्रह गर्नुभएको थियो । ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा आउन निम्ता पनि गर्नुभएको थियो,’ नेपाल निकटका एक स्थायी समिति सदस्यले भने,–‘झण्डै दुई घण्टा वामदेव कमरेडसँग कुरा पनि भयो । वामदेव कमरेडले केपी ओलीले कम्युनिष्ट आन्दोलन सिध्याउने काम मात्र गरे, अब यसरी भएन, उनको स्वेच्छाचारिता बढ्यो, निरंकुशता बढ्यो त भन्नुभयो । तर संयुक्त वक्तब्य र कार्यकर्ता भेलामा आउने विषयमा अझै आफु सोचविचारमै रहेको बताउनुभएछ ।’ खनाल र नेपाल पक्षले भने गौतमलाई पनि साथ लिएर जानको लागि पहल थालेका थिए ।

प्रतिक्रिया दिनुहोस