सम्पदा क्षेत्र निर्माण गर्दा नेपाली शैली र मौलिकता अवलम्बन गर्नुपर्छ: रामेश्वर फुयाँल

रासस

आइतबार, ०१ चैत्र २०७७, १५ : २५
सम्पदा क्षेत्र निर्माण गर्दा नेपाली शैली र मौलिकता अवलम्बन गर्नुपर्छ: रामेश्वर फुयाँल

मकवानपुर । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताएका छन्  ।  

वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण समारोहमा उनले  प्रदेश राजधानी हेटौँडालगायत काठमाडाँै उपत्यकाका ढुङ्गेधाराको पुनर्निमाण, सडकलाई कालोपत्र गर्ने र तुइनलाई विस्थापित गर्ने कार्यमा सरकारले उच्च प्रथामिक्ता दिई कार्य गरेको उल्लेख गरे । 

उनले आफ्नो मन्त्रालयले तीन वर्षको अवधिभित्र प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य समपन्न गरेको पनि स्पष्ट पारे ।

मन्त्री फुयाँलले प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म गरी ३३ वटा पक्की पुलको निर्माण सम्पन्न गरिसकिएको र अहिले मकवानपुरको थाहा नगरपालिका र ललितपुर, नुवाकोटमा समेत गरी २४ वटा राजकुलोको निर्माणकार्यलाई तीव्रता ल्याइएको बताए ।  

उनले  सडक यातायात, झोलुङ्गे पुल, तालतलैया, सिँचाइको निर्माण गर्ने क्रममा दिगो र जीवन्त राख्न सकिने र गुणस्तरीय सेवा निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधन र प्राविधिक जनशतिm उपलब्ध गराइसकिएको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस