काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् ।
सोमबार १ सय ११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।
संविधानत्ः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनको चुनौती रहेको भन्दै उहाँले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् ।नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरुको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिईन् ।
महिलालाई पैतृक सम्पति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिइ संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।अनेरास्ववियूले टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ ।
यस्तैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारेर ललितपुर महानगरपालिका, नेपाल साइकल सोसाइटी र रोटरी क्लव अफ पाटनले साइकल ¥याली गरेका छन् । विभिन्न जनचेतनामुलक पर्चा, पम्प्लेट टाँसेर कुदेका साइकलले पाटन नगर परिक्रमा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ फागुन २०७७, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : पम्फा भुसाल
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : पम्फा भुसाल
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल