आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, ०८ : ००
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका केही पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको रहेन र  बाँकी भूभागहरूमा मौसम  सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मौसमविदहरुले प्रि–मनसुनी गतिविधिका कारण देशका विभिन्न स्थानको मौसम बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको पनि औंल्याएका छन् । 

यस्तै राति प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस