काठमाडौं । नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ । पेरिसडाँडामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको हो ।
‘यसअघिको हस्ताक्षर व्यवस्थित थिएन । त्यसैले तीनपानेमा ओरिजिनल हस्ताक्षर गरिएको हो’, स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने । केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन गरिएको छ ।
यो हस्ताक्षर संकलन निर्वाचन आयोगमा पार्टी वैधानिकता दाबी गर्ने प्रयोजनका लागि गरिएको हो । बैठकले आयोगमा वैधानिकताको दबाब, संसद र सरकार निर्माणमा निर्णय लिन भने सचिवालय र स्थायी कमिटीलाई जिम्मेवारी दिइएको छ ।
केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटीको सिफारिसमा सुवास नेम्वाङ, महेश बस्नेत, विशाल भट्टराई लगायत सात जनालाई प्रचण्ड–माधव समूहले कारवाही गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, १६ : २५
लेखकबाट थप