सुनको मुल्य तोलामा ५ सय ले बढ्यो

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, ११ : ३०
सुनको मुल्य तोलामा ५ सय ले बढ्यो

काठमाडौँ । मंगलबार तोलामा १७ सयले घटेको सुनको मूल्य आज ५ सयले बढेको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार थियो । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस