राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन(संयुक्त)द्दारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको  विरोध

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १६ : ४७
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन(संयुक्त)द्दारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको  विरोध

काठमाडौं । कोरोना महामारीबाट नागरिक जीवन अत्यन्तै असहज र कष्टकर भएको बेला सरकारले पेट्रोलियम पदार्थको पटक–पटक मूल्य वृद्धि गरेर जनतालाई सास्ती दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) ले विरोध जनाएको छ ।

‘नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको छ । एकातिर प्रधानमन्त्री भोक र रोगबाट जनतलाई जोगाउने भन्छन्, अर्कोतिर एक सातामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाउछन्,’ राप्रपा निकट युवक संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) ले एक विज्ञप्ति जारी गर्दै भने ।

पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु हो । त्यसर्थ पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि अविलम्व फिर्ता लिन युवक संगठनले माग गरेको छ ।

‘जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता नलिए राप्रयुसं (संयुक्त) ले आन्दोलनको आँधीवेरी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको भन्दै अध्यक्ष लाहनीले आपत्ति जनाएका छन् ।

‘कोरोना महामारीको कारण जनताको जनजीवन थला परेको बेला बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताप्रति उपेक्षा गरेको छ । सरकारको यस्तो कार्यबाट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) आश्चर्यचकित परेको छ,’ विज्ञप्तिमा उनले भने ।

प्रतिक्रिया दिनुहोस