सगरमाथाको चुचुरोबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिको स‌ंदेश दिनुपर्छ : प्रचण्ड

शनिबार, १० चैत्र २०७४, ११ : १०
सगरमाथाको चुचुरोबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिको स‌ंदेश दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले सगरमाथाकाे चुचुराेबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिकाे स‌ंदेश दिन जरुरी रहेकाे बताएका छन् ।

चक्रपथ सरसफ़ाई अभियानको ५० औ हप्ताको बिशेष समारोहमा प्रचण्डले संवाेधन गर्दै भने ” यो अभियान समाजमा फैलँदै गरेको विकृति बिसंगती बिरुद्द मनको सफ़ाई पनि हो । नयाँ जागरण ल्याउने अभियान हाे, यसको ठूलो महत्व छ ।
प्रकृतिले धेरै श्रोत साधन दिएको छ, अब हामी नया सभ्यता र संस्कृति निर्माणकाे अभियानमा छाैँ र सगरमाथाकाे चुचुराेबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिकाे स‌ंदेश दिनु पर्ने छ । ”

प्रचण्डले थपे ” याे सफार्इ अभिान सडक र नदीकाे मात्र सफार्इ हाेइन, यसलार्इ समग्र समाजकाे सफार्इकाेअर्थमा बुझम ” कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा लगायतको पनि सहभािगता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस