आईपीओमा  १० कित्ताको  प्रावधान हटाउन गृहकार्य शुरु

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १३ : १०
आईपीओमा  १० कित्ताको  प्रावधान हटाउन गृहकार्य शुरु

काठमाडौं । आईपीओमा १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान हटाउन गृहकार्य शुरु भएको छ । सेयर बजार सहभागितामूलक बनाउन नियामक नेपाल धितोपत्र बोर्डले लागू गरेको १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान पुनरावलोकन हुने बोर्डका अधिकारीहरुले बताएका छन् ।

१० कित्ताको प्रावधान दीर्घकालका लागि नभएको तत्कालिन समयमै उल्लेख गरिएको थियो । सोही अनुरुप अहिले पुनर्विचारको समय आएको बोर्डले भनेको छ । २०७५ चैत २७ गतेदेखि लागू गरिएको न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था हटाउन बोर्डमा छलफल चलिरहेको नेपाल धितोपत्र बोर्डमा प्रवक्ता निरज गिरीले बताए ।

उनी भन्छन्, १० कित्ताको प्रावधान लागू गर्दाकै बखत आवश्यकता अनुसार पुनरावलोकन गरिने स्पष्ट पारिएको र सोही अनुसार अहिले पुनरावलोकनको समय आएको छ । कति कित्ता बनाउने भन्ने छलफल भइरहेको छ ।’

१० कित्ताको प्रावधान आएपछि लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो । मार्केटको भोल्यूम बढ्ने कारण मध्येको एउटा कारण १० कित्ताको प्रावधान पनि  हो ।अहिले २५ लाख भन्दा बढी डिम्याट खाता रहेको सिडिएसीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस