युवतीमाथि सामूहिक बलात्कारको आरोपमा १ जना पक्राउ, २ जना फरार

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, ११ : २४
युवतीमाथि सामूहिक  बलात्कारको आरोपमा १ जना पक्राउ, २ जना फरार

नुवाकोट । नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । यस्तै प्रहरीले दुई जना फरार रहेको भन्दै उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा १४ गते राति तीन जना युवाले युवतीलाई बलात्कार प्रयास गरेका थिए । 
पीडितले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको प्रवक्ता हरि बहादुर ओलीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेकाले धेरै कुरा बोल्न नमिल्ने बताउँदै भने, ‘पीडित पक्षले जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएसँगै १ जनालाई पक्राउ गरिएको छ । थप कुरा अनुसन्धानकै प्रक्रियामा रहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस