सर्वोच्चको फैसलाबारे यस्तो आयो भारतको प्रतिक्रिया

पत्रपत्रिकाबाट

शुक्रबार, १४ फागुन २०७७, ०७ : ३०
सर्वोच्चको फैसलाबारे यस्तो आयो भारतको प्रतिक्रिया

काठमाडौं । भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ भन्ने प्रश्नमा प्रवक्ता अनुराग श्रीवास्तवले त्यस्तो बताएका हुन् ।

हामीले २३ फेब्रुअरीको नेपालको सर्वोच्च अदालतको फैसलालाई हेरेका छौं । हामीले विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं । हामीले पहिले पनि भन्दै आएको यो नेपालको आन्तरिक मामिला हो, प्रवक्ता श्रीवास्तवले भने ।

साथै उनले यसअघि जस्तै नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको समेत बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस