वैकल्पिक सत्ता समिकरणका विषयमा काँग्रेसभित्रै तीन थरी मत

काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीलाई समसामायिक विषयमा छलफल गर्नुपर्ने भएको भन्दै आफ्नै निवासमा बैठक बोलाएका छन्

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, ०९ : ४४
वैकल्पिक सत्ता समिकरणका विषयमा काँग्रेसभित्रै तीन थरी मत

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । आफ्नै निवास वुढानिलकण्ठमा उनले अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक बोलाएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि आमन्त्रण गरिएको पौडेलले जानकारी दिए ।

प्रतिनिधीसभा ओलीले विघटन गरेपनि अदालतले त्यसलाई बदर गरिदिएपछिको विकसित राजनीतिक घटनाक्रम, अबको सत्ता समिकरण, प्रचण्ड माधव नेपाल पक्षले सँगै मिलेर जान गरेको प्रस्ताव लगायतका विषयमा केन्द्रीत रहेर आजको बैठकमा छलफल हुने बताईएको छ । प्रतिनिधीसघा पूनस्थापना लगत्तै हिजो देउवासँग नेकपाको प्रचण्ड नेपाल समुहका अध्यक्षद्धय प्रचण्ड र माधव नेपालले देउवासँग उनकै निवास बुढानिलण्ठ पुगेर सँगै अब मिलेर जान आग्रह सहितको प्रस्ताव गरेका थिए । नेकपा विभाजनका कारण भावी वैकल्पिक सत्ता समिकरणमा काँग्रेस निर्णायक देखिएपछिको विकसित घटनाक्रमका बारेमा काँग्रेसले आजको बैठकमा छलफल गर्ने देखिएको छ ।

नेकपाको प्रचण्ड नेपाल समुहमा काँग्रेससँग मिलेर सँगै बढ्ने प्रस्ताव भएपनि देउवालाई ओलीले प्रधानमन्त्रीकै पद दिने गरी आफुतिर तान्न सक्ने चर्चा पनि छ । देउवाले यो बीचमा ओलीलाई सहज साथ दिएका कारण पनि देउवाको झुकाव आफुलाई प्रधानमन्त्री पनि दिने र कतिपय सत्ता भागवन्डामा भित्री समझदारी पनि बनाएरै काम गरेका कारण ओलीतिर नै देखिन सक्ने आंकलनका बीच काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो । तर काँग्रेसभित्रै ओलीको कदमलाई दरोसँग प्रतिवाद गर्दै आईरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने देउवालाई ओलीतिर सितिमिति मिल्न जान दिने पक्षमा छैनन् ।

नेकपाको प्रचण्ड नेपाल समुहमा काँग्रेससँग मिलेर सँगै बढ्ने प्रस्ताव भएपनि देउवालाई ओलीले प्रधानमन्त्रीकै पद दिने गरी आफुतिर तान्न सक्ने चर्चा पनि छ । देउवाले यो बीचमा ओलीलाई सहज साथ दिएका कारण पनि देउवाको झुकाव आफुलाई प्रधानमन्त्री पनि दिने र कतिपय सत्ता भागवन्डामा भित्री समझदारी पनि बनाएरै काम गरेका कारण ओलीतिर नै देखिन सक्ने आंकलनका बीच काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो । तर काँग्रेसभित्रै ओलीको कदमलाई दरोसँग प्रतिवाद गर्दै आईरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने देउवालाई ओलीतिर सितिमिति मिल्न जान दिने पक्षमा छैनन् ।

देउवाको प्राथमिकता नेकपाको कुनै समुहसँग सत्ता साक्षेदारी मात्र गरेर जाने भन्दा पनि आफुलाई प्रधानमन्त्री कुन पक्षले बनाउन तयार हुन्छ उसैसँग जानुपर्ने पक्षमा देखिन्छ । त्यसकारण पनि देउवा अहिले तानातानमा परेका छन् । नेकपाको प्रचण्ड नेपाल समुहलाई सरकार गठनमा जसपालाई मिलाउदा ओली पक्षका केही नेता आफुतिर तान्नुपर्ने हुन्छ । तर यो बाटो कति सफल हुन्छ, त्यसले पनि देउवा कति निर्णायक हुन्छन भन्ने देखिने छ । अहिलेसम्मको अवस्थाले देउवालाई ओली र प्रचण्ड नेपाल दुवै पक्षले तानातान गर्न खोजिरहेका छन् । काँग्रेसभित्र अहिले तीन वटा विकल्पमा छलफल चलेको छ ।

पहिलो : दुई कम्युनिष्ट पार्टीका बीचमा खेलेर आफुलाई जसले नेतृत्व दिन तयार हुन्छ उसैसँग मिलेर जाने । ओली र प्रचण्ड नेपाल दुवै पक्षले आफैं जसपासँग मात्र मिलेर सरकार बनाउन नसकेको अवस्थामा आफुलाई जुन पक्षले प्रधानमन्त्रीको अफर गर्छ र प्रधानमन्त्री दिएर जान चाहन्छ उसैसँग मिलेर जाने एउटा पक्ष काँग्रेसमा छ । त्यो सभापति देउवा पक्ष हो । यो पक्षले नेकपा विभाजन वैधानिक र कानुनी रुपमै गराउने र प्रधानमन्त्री नछोड्ने गरी जसले दिन्छ, उसैसँग मिलेर जाने गरी सरकारमा सहभागितालाई प्रमुख मुद्धा बनाएर जान चाहेको छ ।

दोश्रो : सरकारमा सहभागी हुने तर देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने । यो पक्षमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका समुह भित्री रुपमा जुटेको देखिनछ । ओलीको असम्वैधानिक कदमलाई मौनता साँधेर ओलीलाई नै साथ दिएको आरोप देउवामाथी लागेको छ । त्यसकारण पनि असम्वैधानिक कदम सच्याएर अदालतले निर्णय दिएका कारण ओलीले जस्तै देउवालो पनि नैतिक रुपमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर नेकपाका दुवै घटकसँग बार्गेनिड गर्न नहुने पक्षमा काँग्रेसको यो पक्ष छ ।

यो पक्षले ओलीसँग होइन, प्रचण्ड नेपाल पक्षसँग सत्ता सहकार्य गरेर सरकारमा सहभागी हुने तर प्रधानमन्त्री आफुहरुलाई नै चाहिन्छ भनेर जान नहुने पक्षमा बहस गरिरहेको छ । आगामी भदौंसम्म पार्टीको महाधिवेशन सम्वैधानिक रुपमा पनि गर्नुपर्ने र सरकारको नेतृत्व समेत देउवाको हातमा पुगे ओली जस्तै देउवापनि सबै शक्ति आफुमा केन्द्रीत गरेर निरंकुश बन्ने र राज्यसत्ता र पार्टी सत्ता दुवैको प्रभावमा फेरि पनि सभापतिमा आउन सक्ने भएकाले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने पक्षमा काँग्रेसका नेताहरु देखिएका छन् । हुन पनि देउवाले नैतिक रुपमा पनि प्रधानमन्त्रीको प्रस्ताव आफ्नो लागि गर्न सुहाउने विषय होइन् । तर राजनीतिमा इमान भएन भने जे पनि हुन्छ भने झै देउवा अहिले प्रधानमन्त्रीका लागि मुख मिठ्याएर भने बसेका छन् । 

तेश्रो : सरकारमा जानै नहुने । ओलीको असम्वैधानिक कदमको विरोधमा रहेको नेकपाको माधव प्रचण्ड पक्षलाई सरकार गठनमा सहयोगी भूमिका निर्वाह गरिदिने तर सरकारमा भने सहभागी नभई बाहिरै बसेर जानुपर्ने पक्षमा पनि काँग्रेसका केही युवा पुस्ताका नेताहरु लागेका देखिन्छन । खासगरी गगन थापा लगायतका नेताहरुले यो बहस गरिरहेका छन् । गत चुनावमा काँग्रेसलाइृ ५ वर्ष सत्ताबाहिर बस्न जनताले भनेको र सरकार बाहिरै बसेर पार्टी महाधिवेशन, कम्युनिष्ट सरकारका आलोचना गर्दै संगठन मजबुत बनाएर आगामी निर्वाचन तयारी गरेर जानुपर्ने यो पक्षको मत छ । 

तर यी तीन थरी मत काँग्रेसमा देखा परेपनि देउवाले मिठ्याएको मुखले काँग्रेस आगामी सत्ता समिकरणका लागि तानातानमा परेको छ । काँग्रेसले आजको पदाधिकारी बैठकमा यस बारेमा के छलफल गर्छ ? त्यो अहिले नेकपाका दुवै खेमालाई चासोको विषय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस