काठमाडौं । केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिंगको केही भाग चोइटियो । त्यतिमात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औँलामा चोटसमेत लाग्यो ।
पूजा सामग्री ज्योतिर्लंगसम्म लैजान नपाए पनि छेउछाउसम्म भण्डारीले सहयोग गर्छन् । पशुपतिनाथको ज्योतिर्लिंग चार जना पुजारीबाहेक अरुले छुन पाउँदैनन् । ‘पहिला पनि चोइटिएको थियो, चाँदीको जलहरुी फेर्दा,’ केदारले भने, ‘१०८ किलो वजनको जलहरी राख्दा त झनै ज्योतिर्लंगमा दबाब पर्न सक्छ ।’
जलहरीमा अहिले मोरिएको चाँदीलाई नचलाई त्यसमाथि सुनले छोप्ने कोषले बताएको छ । त्यसरी राख्न १ सय ८ भण्डारीमध्ये केहीले सहमति पनि दिएका थिए । तर, अहिले कोषले चाँदीको झिकेरै सुनको राख्ने तयारी गरेपछि भण्डारी आक्रोशित छन् । ‘म कुनै हालतमा चाँदीको झिकेर सुन राख्न दिन्नँ,’ ज्योतिर्लिंगमा क्षति पुग्यो भने कसले लिन्छ जिम्मेवारी रु यो संवेदनशील ठाउँ हो तर यहाँ हचुवामा काम भइरहेको छ ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० फागुन २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज
साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो
आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला