विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् ।
उनले सभामुख भण्डारीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा नभएको भन्दै गलत नजिर बसाउन खोजेको आरोप लगाए ।
‘संसदीय अभ्यासमा दलको विधान नमान्ने कहीं हुन्छ ?’, उनले भने, ‘जबरजस्ती कब्जा गर्न खोज्न भत्काउने, भाँडभैलो मच्चाउने काम भइरहे प्रदेशभाको औचित्य समाप्त भएर भंग नहोला भन्न सकिँदैन ।’
भाँडभैलो मच्चाएर गलत मनसायका साथ जरबजस्ती कब्जा गर्न खोजियो भने प्रदेशसभा भंग हुने अवस्था आउने उनको भनाइ थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०७ फागुन २०७७, ०७ : १६
लेखकबाट थप