काठमाडौं । जब बच्चालाई डिप्रेसनले गाँज्न थाल्छ, उनीहरुमा अस्वभाविक परिवर्तन देखिन थाल्छ । उनीहरु एकोहोरो हुने, जिद्दी गर्ने, कहिले खानामा मन नै नगर्ने, कहिले औधी खाने, कहिले एक्कसी रमाउने, कहिले रिसाउने, झर्कने गर्छन् ।
बच्चाहरु स्वभावैले चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । सानो कुरामा खुसी हुन्छन् । सानो कुरामा दुखी हुन्छन् । सुख, दुख सबैकुरा उनीहरु खुलेर व्यक्त गर्छन् । तर, जब बच्चालाई डिप्रेसनले गाँज्छ, उनीहरुमा यस्ता स्वभाविक प्रतिक्रिया नदेखिन सक्छ ।
हामी के पनि ठान्छौं भने, यस्तो जटिल समस्या वयस्क एवं ठूलाहरुलाई मात्र हुन्छ । यो पनि गलत हो ।
चिन्ता बच्चालाई पनि हुन्छ । डिप्रेसनले उनीहरुलाई पनि गाँज्छ । अझ अहिलेको अवस्थामा बच्चाहरु यसको जोखिममा छन् । बच्चालाई किन डिप्रेसनले गाँजिरहेको छ त ? यसका एकमात्र कारण छैन । वर्तमान अवस्थामा एकल पारिवारिक संरचनादेखि विद्यालयको व्यवहारले समेत उनीहरुलाई यस किसिमको जोखिममा पारिरहेका छन् । पढाईको बोझ, अभिभावकको अपेक्षा अदि कारण बच्चाहरुमा डिप्रेसन देखिएको बताइन्छ ।
डरलाग्दो अवस्था त के छ भने, डिप्रेसनको कारण बच्चाहरु आत्महत्या गर्न समेत उक्सिने गरेका छन् । अहिले विश्वमै यस्तो प्रवृृत्ति बढिरहेको छ ।
डिप्रेसन एक साइकोटिक डिसअर्डर हो । यसको प्रभाव के हुन्छ भने, बच्चा दुई हप्ता वा त्यो भन्दा बढी समय उदास रहन्छ ।
अक्सर आमाबुबाले आफ्नो बच्चलाई बुझेकै हुँदैनन् । बच्चाको रुची र क्षमताभन्दा पनि आफ्नो इच्छा उनीहरुमाथि लाद्ने गर्छन् । त्यही कारण बच्चामा मानसिक तनाव हुन्छ । चिन्ता हुन्छ । र, त्यसले डिप्रेसनको रुप लिन्छ ।
अतः बच्चामा डिप्रेसन हुनु बच्चाको कमजोरी वा गल्ती होइन । त्यस्तो अवस्थामा उनीहरुलाई बढी दवाव दिने वा गाली गर्ने, कुट्ने व्यवहार एकदमै नराम्रो हो । बरु बच्चालाई कसरी डिप्रेसनबाट बाहिर ल्याउने भन्ने कुरामा आवश्यक तयारी चाहिन्छ । यसका लागि बच्चामा डिप्रेसन छ, छैन भन्ने कुरा निक्र्यौल गर्न जरुरी हुन्छ ।
बच्चामा डिप्रेसनको लक्षण
– खानपिन, पढाई वा खेल्नमा खासै रुची नदेखाउने ।
– अनावश्यक खुसी हुने वा दुखी हुने ।
– कुनै कारणबस् रुने ।
– सधै मुड खराब रहनु । अक्सर रिसाइरहनु ।
– परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने ।
– बेचैन रहनु ।
– धेरै घरबराउनु ।
–विद्यालयमा अरुसँग घुलमिल नहुनु ।
– एकान्तमा बस्न रुचाउनु ।
बच्चालाई डिप्रेसन भएमा के गर्ने ?
बच्चालाई डिप्रेसनबाट मुक्त दिलाउनका लागि अभिभावक, घर परिवारले विशेष पहल गर्नुपर्छ । यसका लागि बच्चाको रुची र चाहना अनुसार यस्तो काम गर्नुपर्छ, जसले उसलाई खुसी तुल्याउन सकियोस् ।
पढाईको वोझ दिने, जवरजस्ती पढ्न लगाउने जस्ता गतिविधिले थप जटिलता पैदा गर्छ । यदी विद्यालय वा होमवर्कको कारण उनीहरु चिन्तित छन् भने त्यसको समाधान खोज्नुपर्छ । अहिलेका विद्यालयहरुले बालबालिको अवस्था अनुरुप सही ढंगले परामर्श दिने वा व्यवहार गर्ने गरेको पाइदैन । यदी त्यस्तो व्यवहार र वातावरण विद्यालयमा छ भने, त्यस्ता विद्यालयमा बच्चालाई पठाउनु भनेको थप संकट निम्त्याउनु हो ।
बच्चालाई सकेसम्म प्रकृतिको नजिक लानुपर्छ । खेल्न र रमाउन दिनुपर्छ । सकारात्मक कुराहरु सिकाउनुपर्छ । संभव भएसम्म योग एवं प्राणायाम विधीमा अभ्यस्त गराउनुपर्छ । योगले धेरै किसिमको समस्याबाट उन्मुक्ति दिलाउँछ ।
पीसीआईटी थेरापी
डिप्रेसनबाट उन्मुक्ति दिलाउने एउटा काइदा हो, पीसीआइटी थेरापी । पीसीआइटी अर्थात प्यारेन्ट चाइल्ड इन्ट्रक्सन थेरापी ।
यसको अर्थ हो बच्चाको उमेर, मनोविज्ञान अनुसार उनीहरुलाई बुझ्ने प्रयास । यस थेरापीमा बच्चा र आमाबुबाको सम्बन्ध कस्तो छ रु भन्ने कुराको जानकारी लिइन्छ । त्यसपछि उनीहरुबीचको समस्या के हो सो निक्र्योल गरिन्छ ।
बच्चा र अभिभावकवीचको सम्बन्धबाट नै यसको समधान खोजिन्छ । बच्चाको मनोविज्ञान अनुरुप अभिभावकले कस्तो व्यवहार गर्ने भन्ने कुरा यस अन्र्तगत पर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ फागुन २०७७, १२ : २८
लेखकबाट थप