सरकारको प्रतिगनमकारी कदम विरुद्ध नागरिक समाजका प्रतिनिधिले शनिबार पनि गरे प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, १४ : ४५
सरकारको प्रतिगनमकारी कदम विरुद्ध नागरिक समाजका प्रतिनिधिले शनिबार पनि गरे प्रदर्शन

काठमाडौं । अहिंसात्मक नागरिक प्रदर्शनको नाममा शनिबार पनि काठमाण्डौको माईतिघर मण्डलामा सरकारको प्रतिगनमकारी कदम विरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् । 

प्रतिनिधिसभा मार्न पाईदैन, निरंकुश सरकार चाहिदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माईतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । संबैधानिक निकायको कब्जा बन्द गर, संबैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।

प्रदर्शनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।