काठमाडौं । धेरै भोक लाग्ने समस्यालाई मेडिकल भाषामा पोलिफेजिया या हाइपरफेजिया भन्ने गरिन्छ । कुनैपनि व्यक्तिको शरीरमा ऊर्जा प्राप्त गर्नको लागि भोजनको आवश्यकता पर्ने गर्छ । यसको लागि यदि तपाईं केही घण्टासम्म भोजन लिनुहुन्न भने त्यस्तो अवस्थामा भोकको महसुस गर्ने गरिन्छ । यस्तो अवस्था सिर्जना भएको छ भने तपाईंको शरीरमा स्वास्थ्यसम्बन्धी कुनै समस्या छैन भन्न पनि सकिन्छ ।
एक्सरसाइज गर्ने या अन्य शारीरिक गतिविधिहरू गरेपछि अधिक भोक लाग्नु आमविषय हुन सक्छ । तर यदि तपाईंमा लामो समयदेखि धेरै भोक लाग्ने समस्या छ भने यो कुनै गम्भीर रोगको लक्षण हुन सक्छ । जस्तो डायबिटिज र हाइपोथाइरायडिज्महरु यसको लक्षणको रुपमा मान्न सकिन्छ । केही मामलामा धेरै भोक लाग्ने समस्या केही भावनात्मक वा मानसिक रोगसम्बन्धी स्थितिहरूमा समेत हुन सक्छ । जस्तो तनाव, चिन्ता या डिप्रेसनको कारण अधिक भोक लाग्नु । पोलिफेजियाको सबैभन्दा मुख्य लक्षण अत्यधिक भोक लाग्ने गर्छ । जो अधिक मात्रामा भोजन गर्ने र सामान्यभन्दा धेरै पटक भोजन गर्नुले पनि यो समस्या शान्त हुँदैन ।
धेरै भोक लाग्नु के हो ?
जब कुनै व्यक्तिलाई सामान्यभन्दा धेरै भोक लाग्नथाल्यो भने यस स्थितिलाई मेडिकल भाषामा पोलिफेजिया भन्ने गरिन्छ । पोलिफेजियाबाट ग्रस्त व्यक्तिहरु अत्यधिक मात्रामा भोजन खान लाग्छन् । कुनै कुनै समयमा धेरै भोक लाग्ने समस्या लामो समयसम्म चल्छ र बारम्बार दोहोरिरहन पनि सक्छ । धेरै खाँदैमा हरेक समय व्यक्तिको वजन बढ्छ भन्न सक्ने अवस्था छैन ।
ज्यादा भोक लाग्ने समस्याको लक्षण
सामान्यभन्दा धेरै भोक लाग्नु नै आफैँमा एक किसिमको लक्षण हो । जबकि पोलिफेजियाको साथ केही अन्य लक्षण समेत देख्न सकिन्छ । जुन यसको कारण बन्नेवाला स्थितिका अनुसार नै पैदा हुने गर्छ ।
मधुमेहको कारणः
– शरीरको वजन कम हुनुु र जसको कारण थाहा नहुनु
– आँखाले ठीकसँग देख्न नसक्नु
– अत्यधिक प्यास लाग्नु
– बारम्बार पिसाब लाग्नु
– शरीरमा लागेको चोट वा नील डाम ठीक हुन धेरै समय लाग्छ
– हात वा खुट्टामा दुखाइ वा झुनझुनी हुनु
– थकानको महसुस हुनु
हाइपोग्लाइसिमियाको कारणः
– चिन्ता
– यस्तो महसुस हुनु जसरी तपाईंको हृदयको बीचबीचमा धड्कन बन्द गरिदिन्छ ।
– छाला पहेँलो बन्नु
– शरीर र हात काप्नु
– ज्यादा पसिना आउनु
– अनुहारको आसपास झम्झमाउनु
कम सुत्नुको कारण
– मुडमा बदलाव आउनु
– लापरबाही
– सचेत रहन नसक्नु वा चञ्चल भइरहनु
– अधिक दुर्घटना
– शरीरको वजन बढ्नु ।
तनावका कारण
– व्यक्तिमा अचानक अत्यधिक क्रोधको विकास हुनु
– थकानको महसुस हुनु
– टाउकोको दुखाइ
– निद्रासम्बन्धी समस्याहरू हुनु
धेरै भोक लाग्नुको जोखिम
भोक अधिक लाग्नु एक सामान्य मानसिक प्रतिक्रिया हुन सक्छ । जुन केही विशेष स्थितिमा हुन सक्छ । यसमा केही स्थितिहरु सामेल छन् । जस्तो कि बच्चा वा किशोरावस्था जसमा शरीर विकसित भइरहेको हुन्छ या अधिक शारीरिक मेहनत गर्नेवाला मान्छे नै किन नहोस् । केही मामलामा धेरै भोक लाग्ने मान्छेमा असाधारण स्थितिको संकेत समेत मिल्ने गर्छ ।
धेरै भोक लाग्नुको निम्न कारण हुन सक्छ ।
डायबिटिज मेलिस – यस कारण अन्तर्गत् शरीरमा रहेको क्यालोरी९ऊर्जा० यही समस्याका कारण पिसाबको साथ शरीरबाट बाहिर जाने गर्छ । यस स्थितिको कारण बिरामीलाई धेरै भोक लाग्न थाल्छ र यो शरीरमा क्यालोरीको मात्रालाई पूरा गर्नको लागि अधिक मात्रामा खाना खान लागिन्छ ।
ठीकसँग सुत्न नपाउनु – जब शरीरलाई पर्याप्त निद्रा पुगेन भने मान्छे त्यो हर्मोनको स्तरलाई नियन्त्रणमा राख्न सक्दैनन् जसले भोकलाई नियमित स्थितिमा राख्नेगर्छ । यस स्थितिमा अत्यधिक भोक लाग्नुका अलावा तपाईं यस्तो भोजनलाई अधिक मात्रामा खाने गर्छन् । जसमा क्यालोरीको मात्रा अधिक हुने गर्छ ।
तनाव – लगातार अधिक तनाव भइरहनु समेत भोक बढाउने कारणहरूमध्ये एक हुन सक्छ । लगातारको तनावमा रहनुले कोर्टिसोल हार्मोनको स्तर उच्च हुन्छ । जसको कारणले अधिक भोक लाग्ने गर्छ ।
ज्यादा भोक लाग्ने समस्याको रोकथाम
धेरै भोक लाग्नुको एक लक्षण हुन्छ र यसको रोकथाम गर्नको लागि यसको कारण बन्ने आन्तरिक स्थितिलाई रोक्नुपर्ने हुन्छ । प्रायःजसो निम्न विषयलाई ध्यान राखेर यसको लक्षणलाई नियन्त्रणमा राख्न सकिन्छ । जस्तै– यस्तो आहार नखानुहोस् जसमा गुलियो पदार्थ वा रिफाइण्ड कार्बोहाइड्रेड आदि पर्छन् ।
– नियमित रुपले एक्सरसाइज गर्नुहोस्
– धुम्रपान छोड्दिनुहोस्
–गुलियो पेय पदार्थ नपिउनुहोस्
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० माघ २०७७, ११ : १४
लेखकबाट थप