काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ ।
अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु सात अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गर्नुभएको छ । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिनुभयो ।
आजै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गर्नुभएको थियो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत परियोजनासम्बन्धी संसद्बाट हुनुपर्ने अनुमोदन नयाँ संसद् गठन भएपछि हुने बताउनुभयो ।
सो अवसरमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले सो परियोजनाका लागि स्रोत सुनिश्चित गरिएको बताउनुभयो । उहाँले प्रसारण लाइन र सडक परियोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अगाडि बढाउन उक्त स्रोतबाट खर्च गरिने जानकारी दिनुभयो । प्रसारण लाइनतर्फ नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम अगाडि बढेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ माघ २०७७, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
बाढी र पहिरोबाट क्षति भएका २६ आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
४ महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा
आयोजनाहरूको तयारी फास्ट ट्रयाकमा गरिने