बेलायत । आजको समयमा हरेक मानिस आरामदायी जीवनयापन गर्न चाहन्छन् । यहि सपना पुरा गर्न मानिसहरु कडा मेहनत गर्दछन् । तर कतिपय अवस्थामा आरामदायी जीवन जिउने सपना पुरा नहुँदा मानिसहरु जिवनभर मेहनत गरिरहन्छन् । तर विश्वमा भने यस्तो एक कुकुर छ जसले सुखसयलमा बाचिरहेका मानिसभन्दा पनि कैयौं गुणा राजसी जीवन बिताइरहेको छ ।
बेलायतको वेल्समा एउटा यस्तो कुकुर छ जसले विश्वका कैयौं धनी मानिसभन्दा शानदार जीवन बिताउदै आएको छ । पत्यार नलाग्ला तर यस कुकुरका साथमा आफ्नै ब्याट्रीबाट चल्ने कार छ जसमा उ नियमित घुम्दछ । यतिमात्र होइन उसको गलामा बहुमुल्य हीराको पट्टा समेत छ ।
यसरी शानदार जीवन बिताउने कुकुरको नाम फैबियो हो । जसलाई बेलायकी एलिसा थोर्नेले पालेकी छिन् । एलिसा यसलाई सुखसयलका साथ राख्दै आफ्नै सन्तान सरह पाल्दै आएकी छन् ।
एलिसाले यस कुकुर किन्न नेपाली करीब ४ लाख रुपैया बराबर खर्च गरेकि छिन् । साथै अहिलेसम्म त्यस कुकुरको पालन पोषण्मा मात्र २० लाखभन्दा बढि खर्च भइसकेको छ ।
गत क्रिसमसमा एलिसाले फैबियोलाई ११ लाखभन्दा बढिको उपहार दिएकी थिइन् । उक्त कुकुरले प्रयोग गर्ने, चस्मा, कपडा लगायतका सामाग्री हजारौंको रहने गरेको छ । एलिसाका अनुसार फैबियोको खानामा मात्र मासिक १० हजारभन्दा बढि खर्च हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ माघ २०७७, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते