पोखरा । पोखरामा ग्यास सिलिण्डर पड्किँदा एक महिला घाइते भएकी छन् । पोखरा महानगरपालिका ३३, बहुमारा गण्डकी वेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर पड्किँदा थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन् ।
सिलिण्डर पड्किएर उछुट्टिएको आगो शरीरमा सल्किँदा उनी घाइते भएकी हुन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सिलिण्डर पड्किँदा थापाको पक्की घरको गाह्रो चर्किनुका साथै झ्याल र ढोका पूर्णरुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
उनका अनुसार घरका अन्य सात वटा झ्यालका सीसा फुटेको र भयाङको रेलिङमा समेत क्षति पुगेको छ ।
रातको समयमा ग्यास लिक भएको र बिहान उठेर चिया पकाउने क्रममा लिगएको ग्यासमा आगो लाग्दा सिलिण्डर पड्किएको डिएसपी थिङले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०७७, १६ : ४१
लेखकबाट थप