प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले निकाल्यो जुलुस

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १५ : २१
प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले निकाल्यो जुलुस

काठमाडौं । नेकपा केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले जुलुस निकालेको हो ।

नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीस्थित शुक्रबार आयोजित कार्यक्रमस्थलसम्म निकालिएको हो । 

सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस