वन पैदावार उद्योग व्यवसायी महासंघ अध्यक्षमा प्रकाश रायमाझी सर्वसम्मत

मंगलबार, ०६ चैत्र २०७४, १९ : २५
वन पैदावार उद्योग व्यवसायी महासंघ अध्यक्षमा प्रकाश रायमाझी सर्वसम्मत

चितवन । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तीन नम्बर प्रदेशको आज मंगलबार सौराहामा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले चितवनका प्रकाश रायमाझीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
महासंघको प्रथम अधिवेशनले अध्यक्षसहित सात जना पदाधिकारी सर्वसम्मतरुपमा चयन गरेको हो । सर्वसम्मत चयन भएका अन्य पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा मकवानपुरका राजेन्द्र श्रेष्ठ, उपाध्यक्षमा सिन्धुलीका ओमविक्रम खत्री, सचिवमा चितवनका रुद्रहरि भण्डारी र कोषाध्यक्षमा काभ्रेका अनोज पौडेल रहेका छन् ।
अधिवेशनले सहसचिवमा मकवानपुरका भूमिनन्द अर्याल र सहकोषाध्यक्षमा धादिङका विमल तामाङलाई पनि सर्वसम्मत चयन गरेको छ । १९ सदस्यीय कार्यसमितिमा प्रदेश नम्बर तीन अन्तर्गतका जिल्ला अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस