प्रचण्ड-माधव समूहको हड्ताल : को कहाँ बाट पक्राउ परे ?

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, ०७ : ५३
प्रचण्ड-माधव समूहको हड्ताल : को कहाँ बाट पक्राउ परे ?

काठमाडौँ । नेकपाको प्रचण्ड नेपाल समुहले आयोजना गरेको आमहडताल सफल बनाउन सडकमा उत्रेका बन्दकर्ताहरुमाथी प्रहरीले दमन अभियान शुरु गरेको छ ।

राजधानी काठमाडौंका विभिन्न स्थानवाट नेता कार्यकर्तालाई प्रहरीले धरपकड गर्ने र गिरफतार गर्ने क्रम शुरु गरेको छ ।

काठमाडौंको कलंकी चोकमा नेतृत्व गरिरहेकी नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य प्रक्राउ परेकी छिन् । उनि लाई  केही कार्यक्र्ता सहित प्रक्राउ गरेको हो ।

त्यस्तै चावहिल चोकवाट कृष्ण केसी, उद्दव चौलागाई, महिला नेतृ कमला चौलागाई, सामाखुसीवाट युवा संगठनका नेता नकुल आचार्य,लगायतलाई पक्राउ गरिएको नेकपाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस