प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बिहीबार गरेको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । राजधानीमा बिहानैदेखि बन्दको प्रभाव देखिएको छ भने नयाँ बसपार्कमा एक ट्याक्सीमाथि आगजनी भएको छ । यद्यपी कसले सो ट्याक्सी जलायो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रचण्ड नेपाल समूहले बन्द सफल बनाउन काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानलाई ‘आर्क’ तोकेको छ भने त्यसका लागि कमाण्डर तोकेको छ ।
जसअनुसार कलङ्कीमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कमाण्डर तोकिएको प्रचण्ड–नेपाल समूहले बताएको छ ।
यस्तै बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ , पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोकमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल , बालाजुमा रघुजी पन्त तथा रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा कमाण्डर तोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०७ : ०८
लेखकबाट थप