अख्तियार प्रमुख गणेशराज जोशीले दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १६ : ३६
अख्तियार प्रमुख गणेशराज जोशीले दिए राजीनामा

file photo

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी थिइन् । उनीहरुको आजै पद तथा गोपनियताको शपथ भएको थियो । जसअनुसार राईको अख्तियारमा प्रवेश भएको हो । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् । 

अख्तियारको आयुक्तमा जयबहादुर चन्दको समेत नियुक्ति भएको छ । उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो । एआईजीबाट अवकाश भएपछि उनले अहिले फेरि काँग्रेस सभापति शेरबहादुर देउवाकै जोडबलमा अख्तियारमा प्रवेश पाएका हुन् । अख्तियारकै आयुक्तको रुपमा किशोर कुमार सिलवाल पनि नियुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस