भोलिको आमहड्तालमा यी क्षेत्र बन्द, यी क्षेत्रलाई छुट (विज्ञप्ति हेर्नुहोस्)

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १४ : २५
भोलिको आमहड्तालमा यी क्षेत्र बन्द, यी क्षेत्रलाई छुट (विज्ञप्ति हेर्नुहोस्)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहडतालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहडतालको घोषणा गरेको हो ।  

बुधबार पेरिस डाँडामा पत्रकार सम्मेलनको  आयोजना गरेर संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि आम हड्ताल गर्नुपर्ने अवस्था सिर्जना भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

आमहड्ताल गर्नु आफूहरुको बाध्यता भएको श्रेष्ठले बताए । लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकार अघि बढेको भन्दै ओली सरकारविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आमहडतालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस