मन्त्री यादव दिल्लीमा, सुष्मा स्वराजसँग भेट

मंगलबार, ०६ चैत्र २०७४, १२ : ४९
मन्त्री यादव दिल्लीमा, सुष्मा स्वराजसँग भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव आज अकस्मात भारत भ्रमणमा गएका छन् । भारतको वाणिज्य मन्त्रालयको निमन्त्रणामा मन्त्री यादव विश्व व्यापार संगठनको अनौपचारिक बैठकमा भाग लिन भारतको नयाँ दिल्ली गएको बताइएको छ

उनले आजै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । भेटमा यादवले दुई देशबीच पारस्परिक फाइदाका लागि अर्थपूर्ण आर्थिक सहकार्यमा जोड दिएको बताइएको छ । जवाफमा भारतीय विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गरिने विश्वास दिलाइन् ।

त्यसअघि मन्त्री यादव र भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुबीच द्विपक्षीय व्यापार, पारवाहन तथा लगानीका विषयमा विचारविमर्श भएको थियो । उनीहरुबीच नियमसंगत रुपमा बहुराष्ट्रिय व्यापार प्रणालीको सबलीकरणलगायत विषयमा धारणा आदानप्रदान समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस