घर निर्माणको क्रममा खसेर  मजदूरको मृत्यु

रासस

शनिबार, १७ माघ २०७७, ०८ : ४९
घर निर्माणको क्रममा खसेर  मजदूरको मृत्यु

भक्तपुर । निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस