काठमाडौं । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले धितोपत्र व्यापारीको कार्य सन्चालन गर्न अनुमति दिएको जनाएको छ ।
अनुमति पाएको कम्पनी नागरिक लगानी कोषकै सहायक कम्पनी हो । नेपाली सेयर बजारमा यो नयाँ भएका कारण पनि स्टक डिलरको विषयमा धेरैलाई जानकारी नहुन सक्छ ।
स्टक डिलरलाई नेपालीमा धितोपत्र व्यापारी पनि भनिन्छ । अर्को भाषमा यसलाई बजार निर्माता समेत भन्ने गरिएको छ । अन्य देशहरुमा पुरानै भए पनि नेपालमा यो नयाँ हो । स्टक डिलरको कारोबार गर्न पाउने नेपालको पहिलो कम्पनी नै नागरिक स्टक डिलर हो ।
अब यसले बजारबाट आफ्नो नाममा सेयर खरिद गर्न सक्छ । खरिद गरेको सेयर कम्पनीले बिक्री गर्न सक्छ । स्टक डिलरको मुख्य काम भनेको नै आफ्नो नामबाट सेयर खरिद वा बिक्री गर्ने हो ।
स्टक ब्रोकर कम्पनीहरुले जस्तो अर्काको नाममा सेयर खरिद गर्ने काम भने यसले गर्दैन । जति खरिद गर्छ आफ्नै नाममा खरिद गर्ने हो र आफूसँग मौज्दात रहेसम्म सेयर बिक्री गर्ने हो ।
अन्य कम्पनीहरुको सेयर खरिद बिक्री गरे पनि आफैंले जारी गरेको सेयरको भने खरिद बिक्री भने गर्न पाउँदैन । धितोपत्र व्यवसायी नियमावली, २०७४ मा स्टक डिलरलाई चाहिने पूर्वाधार तथा अन्य आवश्यक विषयहरु समेत उल्लेख गरिएको छ ।
अहिले कुनै व्यक्तिले आदेश दिँदा ब्रोकर कम्पनीहरुले सेयर खरिद वा बिक्री गर्ने गरेका छन् । तर स्टक डिलरले यस्तो गर्दैन ।
जानकारहरु स्टक डिलरको प्रवेशले पुँजी बजारलाई सकारात्मक असर पर्ने बताउँछन् । नागरिकको प्रवेशले अन्य स्टक डिलरहरुको प्रवेशलाई खुला गरिदिएको छ । जस्तो शिवम सिमेन्ट आईपीओ जारी गर्ने पहिलो सिमेन्ट उद्योग हो । शिवमले आईपीओ जारी गरेपछि अन्य सिमेन्ट कम्पनीहरु पनि धमाधम आईपीओ जारी गर्ने तरखरमा छन् । यस्तै नागरिकको प्रवेशपछि अन्य स्टक डिलरहरु पनि आउन सक्ने बोर्डको अनुमान छ ।
स्टक ब्रोकर एशोसिएनका पूर्वअध्यक्ष भरत रानाभाटले स्टक डिलरको प्रवेशले बजारलाई स्थिर बनाउन सहयोग पुर्याउने बताउँछन् । घटेको बेला खरिद गर्ने र पछि बिक्री गर्ने भएका कारण यसले बजारलाई स्थिर बनाउन राम्रो सहयोग पुग्ने उनले बताए ।
‘यसले माउ कम्पनीबाट ऋण लिएर पनि सेयरमा लगानी गर्न पाउँछ, व्यक्तिगत लगानीकर्ताहरुले जस्तो थोरै होइन,’ उनले भने, ‘उसँग त ठूलो ब्लकमा सेयर हुन्छ, बजार माथि जाँदै गर्दा सप्लाई दिँदै(दिँदै जान्छ जसले गर्दा धेरै चाँडो माथि जान पाउँदैन, यसले दुर्घटनाबाट जोगाउँछ ।’
नेपालमा अधिकांश लगानीकर्ता व्यक्तिगत नै छन् । संस्थागत लगानीकर्ताहरु कम भएका कारण लगानीकर्ताहरु बजार घट्दा आत्तिने र बढ्दा मात्तिने जस्तो भइरहन्छ । स्टक डिलरले यस्तो हुन नदिने पूर्वअध्यक्ष रानाभाट बताउँछन् । तल आउँदा किन्ने र माथि जाँदा बेच्ने भएकाले यसले तल पनि धेरै तल आएका बेला बिक्री गरेर नहिँड्ने उनी बताउँछन् ।
नागरिक स्टक डिलरले कारोबारका लागि अनुमति पाउनु पुँजी बजारका लागि राम्रै विषय भएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरी बताउँछन् । नागरिक स्टकले अनुमति पाएपछि अन्य स्टक डिलरहरु आउने बाटोसमेत खुला भएको छ । भोलिका दिनमा धेरै स्टक डिलरहरु हुँदा समग्र बजारलाई राम्रो हुने कार्यकारी निर्देशक गिरीको भनाइ छ ।
यसले बजारलाई स्थायित्व दिनका लागि समेत मद्दत पुग्ने उनले बताए । ‘स्टक डिलरको काम भनेको मार्केट स्टेबल बनाउने त होइन, तर उनीहरुको कारोबारले मार्केटलाई स्टेबल बनाउन मद्दत पुग्छ,’ उनले भने, ‘यो भनेको व्यक्ति होइन संस्था हो, संस्थासँग रिसोर्स हुन्छ बजार विश्लेषण गर्न सक्छ यसकारण पनि राम्रो असर पर्नेछ ।’
स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् ।
बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र पाएर धितोपत्र व्यापारीको काम गर्न सक्ने व्यवस्थालाई समेटी २०७६ फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली, २०६४ मा संशोधन गरेको थियो ।
यसले सेयर खरिद गरेर वृद्धि भएपछि बिक्री गर्ने हो । मानौं, कुनै कम्पनीको सेयर मूल्य १ हजार १ सय रुपैयाँ छ भने त्यसलाई खरिद गर्ने र पछि १ हजार २ सय पुगेपछि बिक्री गर्छ । यसरी किनेको र बिक्री भएको मूल्य बिचको अन्तर ९एक सय रुपैयाँ नै स्टक डिलर कम्पनीको नाफा हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च अंकले घट्यो सेयर बजार
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
नेप्से परिसूचक २.९५ अंकले बढ्यो
घट्यो सेयर बजार
सेयर बजार २७ सयमाथि, बढ्यो कारोबार
नेप्से २७ सय अंक माथि, ५ अर्ब ५ करोडको कारोबार