काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो साताको मंगलबार सीमान्त रूपमा बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो ।
बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ ।
यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो । अघिल्लो बिहीबार बजार २६८२ अंकमा बन्द भएको थियो ।बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् । सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ ।
सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाँको भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब
सेयर बजारमा ४० अंकको सुधार, कुन कम्पनीको मूल्य बढ्यो, कसको घट्यो ?
नेप्से परिसूचक २६.१० अंकले बढ्यो
सेयर बजारमा उच्च गिरावट, घटे सबै सेक्टर
लगातार पाँचौँ दिन घट्यो नेप्से
सेयर बजारमा गिरावट