काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब २ प्रतिशतले घटेको छ । गत बिहीबार २६८२ अंकमा बन्द भएको बजार सोमबर ५१.५७ अंक (१.९१ प्रतिशत) ले घटेर २६३०.९१ अंकमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा १.२३ प्रतिशत (३३.४२ अंक) को गिरावट आएको थियो ।
सरकार ढल्ने हल्ला तथा सेयरबजारमा नयाँ सेयरको आपूर्ति बढ्ने डरका बीच बजार घटिरहेको हुनसक्ने स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए ।‘नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएपछि पाइपलाइनमा भएका आईपीओ, एफपीओ तथा हकप्रद सेयर निस्कासनको अनुमति प्राप्त हुने र त्यसले आपूर्ति बढाउने डर लगानीकर्ताले मानिरहेको देखिन्छ,’ उनले भने, ‘राजनीतिक हल्लाको असर पनि स्वाभाविक रुपमा बजारमा देखिने नै भयो ।’
साथै, विगतमा कमजोर कम्पनीको सेयर मूल्य धेरै बढेका कारण त्यसमा आएको करेक्सनले पनि बजारलाई असर पारेको उनले बताए । सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि सीमान्त रूपमा घटेको छ । बिहीबार ६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात अंकले घट्यो सेयर बजार
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो
नेप्से परिसूचकमा ६ अङ्कको वृद्धि