काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५.६० अंकले घटेको छ । २६३४ बिन्दुबाट सुरु भएको बजार २० मिनेटपछि बुधबारको उच्च अंक २४५६ बिन्दुमा उक्लिएको थियो । त्यसपछि उतारचढाव भएर परिसूचक २६२८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
समग्रमा बजार घटे पनि बुधबार ८१ कम्पनीको सेयर मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट नै लाग्यो । त्यसैगरी मानुषी लघुवित्त र सिकलेस हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
बुधबार १४९ कम्पनीको मूल्य घट्यो । कुथेली बुखरीको झण्डै १० प्रतिशतले मूल्य बट्दा डोल्टी पावर कम्पनीको मूल्य ५.३३ प्रतिशतले घट्यो । कारोबार रकमका हिसाबले बुधबार जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार समग्र बजारमा ४ अर्ब २७ करोड ८२ हजारको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार
३.४४ अंकले घट्यो सेयर बजार