काठमाडौं । शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो ।
नगरपालिकाका प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको वनगाड कुपिण्डेका नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिनुभयो । ती विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको नगर प्रमुख पुनले बताउनुभयो । तीनै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुन सक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको छ ।
शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने पुनले बताउनभयो ।
कोरोना देखिएकालाई होम आइसोलेशनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ माघ २०७७, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट