दोलखा । सामान्यतया मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३ पटक । दोलखाको एक सरकारी कार्यालयका कर्मचारी भने दिनमा ८ छाक खाँदा रहेछन् ।
जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिई जिरी नगरपालिका गएकी थिइन्। त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो। ‘यसलाई नियमित भन्न सकिन्नँ’, कोलेनिका दोलखाका प्रमुख शिवनाथ पौडेलले भने। कार्कीले त्यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन्। उनले दुई दिनमा होटलका चार कोठा लिएकी थिइन्। र, १० छाक खाना खाएको देखाएकी थिइन्। त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रमुख पौडेलले बताए। उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन्।
त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिकाअन्तर्गतका योजनाको अनुगमन गरेका थिए। उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए। १० छाक खाना खाएको बिल बनाए। त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन्। आलेप प्रतिवेदनले त्यसलाई अनियमित भनेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ माघ २०७७, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के
शिक्षामन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको छड्के अनुगमन
प्रतिवेदन सार्वजनिक नगरेकोमा अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण
सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन