काठमाडौं । स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंससँग देवी कालीको एउटा सानो मूर्ति थियो । उनी सबैलाई भन्थे, ‘यो मूर्तिमा पूरा ब्रह्मान्डको बास छ ।’
एकदिन यो कुरा केही विदेशीले सुन्दा उनीहरुले रामकृष्ण परमहंसलाई भने, ‘संसार यति ठूलो छ यृसको अगाडि यो मूर्तिको कुनै महत्व छैन । यो त असाध्यै सानो छ । तपाईं भन्नु हुन्छ कि यसमा पूरा ब्रह्मान्डको वास छ । यो कसरी सम्भव छ ?
परमहंसले भने, ‘एउटा कुरा भन्नुहोस् त, सूर्य ठूलो छ कि पृथ्वी ?’
विदेशीले भने, ‘सूर्य ठूलो छ र यो पृथ्वीभन्दा थुप्रै गुणा ठूलो छ ।’
परमहंसले सोधे, ‘सूर्य ठूलो छ भने यो यति सानो किन देखिन्छ त ? यति सानो कि आफ्नो मुठ्ठीमा आउने खालको ।’
विदेशीले जवाफ दिए, ‘सूर्य पृथ्वीभन्दा करिब १५ करोड किलोमिटर टाढा छ । यसै कारण यसलाई हामीले निकै सानो देख्छौं ।’
परमहंसजीले भने, ‘सही कुरा । सूर्य हामीभन्दा यति टाढा छन् त्यसैले हामी सानो देख्छौं तर वास्तमा सूर्य निकै ठूलो छ । ठिक त्यसै गरी मेरी काली मातासँग पनि तपाईं निकै टाढा हुनुहुन्छ । यसै कारण तपाईंले यो मूर्ति निकै सानो देखिरहनुभएको छ । तर म आफ्नी आमाको काखमा छु । उनको निकट छु त्यसैले मैले यो निकै ठूलो देखेको छु । तपाईंले यो मूर्तिमा ढुङ्गा देखिरहनुभएको छ र मैले यसमा शक्तिको खानी देखेको छु ।’
परमहंसले भिन्न शैलीमा आफ्नो कुरा बुझाउँथे । उनको भनाई थियो, ‘हामी मनुष्य भित्र जुन शक्ति छ, त्योभन्दा भिन्न र माथि पनि अर्को एउटा शक्ति छ जसलाई हामी कस्मिक एनर्जी भन्छौं । जब तपाईं यसलाई महसुस गर्नुहुन्छ तब मात्रै तपाईं यसलाई प्राप्त गर्न सक्नुहुन्छ ।’
पाठः जीवनमा हरेक कुरालाई वैज्ञानिक दृष्टिकोणले हेर्नु हुँदैन । केही कुरा विज्ञानको दृष्टिकोणले निश्चित गर्न सकिँदैन । भक्ति पनि तीमध्येको एक हो । भक्तिलाई भावनात्मक रुपमा महसुस गर्नुहुन्छ भने यसबाट धेरै लाभ लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ माघ २०७७, १३ : २७
लेखकबाट थप