काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शाहवंशीय राजाहरुले राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी दर्शाएको स्मरण गर्दै आफूहरुको निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको बताएका छन् ।
२२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या आइतबार एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा समेत जोड दिए ।
उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको समेत प्रस्ट शुभकामना सन्देशमार्फत पारेका छन् ।
शुभकामना सन्देशमा शाहले भनेका छन्ः ‘हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रीत छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा हुन अब बिलम्ब भैसकेको छ ।’
उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया ईच्छा पुरा गर्ने अवान्छित क्रियाकलाप भित्रिएको महसुस नेपालीहरुले गरिरहेको समेत बताएका छन् ।
पूर्वराजा शाहले पृथ्वीनारायण शाहको परिकल्पनामा सिमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट सम्भव नभएको दाबी गर्दै अहिले त्यही देश कसरी जोगाउने भन्ने चिन्ताग्रस्त अवस्थामा आइपुगिएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ पुस २०७७, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आन्दोलनको कमाण्डर फेर्ने तयारीमा पूर्व राजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन