दोलखा । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।
बाख्रा मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा बाख्रामा पिपिआर (पेष्ट डे पेटी ¥युमिनाँ) फौलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिए । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्रामा ‘गोट प्लेग’ लागेको पुष्टि भएको उनले बताए।
पवटीको देउराली बस्तीमा १४ घरधुरी रहेकामा १२६ बाख्रा रहेकामध्ये ९५ बाख्रामा पिपिआर रोग देखा परिसकेको वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए । बिरामी रहेका अन्य बाख्रामा गाउँपालिकासँगको सहकार्यमा पिपिआरविरुद्धको उपचार भइरहेको वडा अध्यक्ष कोइरालाले बताए।
बाख्रामा देखिने पिपिआर रोग सरुवा रोग रहेकाले गाउँको एक बाख्रामा देखा पर्नासाथ रोग पहिचान गरी नियन्त्रण गर्न नसक्दा गाउँभरीका बाख्रामा देखा परेको हुनसक्ने अनुमान गरिएको छ । बाख्रामा पिपिआर देखा परिसकेपछि रोकथामका लागि औषधि उपचार गरे पनि बाँच्ने सम्भावना अत्यन्त कम हुने पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले बताए।
सो रोग लागेपछि बाख्रामा सिँगान बगाउने, जिउ फुल्ने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्ने र उच्च ज्वरो आएपश्चात् ज्वरो घट्ने र पखाला लागेपछि बाख्राको मृत्यु हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ पुस २०७७, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा
एकल महिलालाई बाख्रा वितरण
भरतपुर महानगरपालिकाद्वारा निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बाख्रा र हाँसको चल्ला वितरण
बागमतीका पाँच लाख ५० हजार बाख्रालाई लगाइयो पीपीआर खोप