पत्नीको उपचारका लागी मुम्बइ पुगेका प्रचण्ड आज नेपाल फर्कंदै

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, ११ : २०
पत्नीको उपचारका लागी मुम्बइ पुगेका प्रचण्ड आज नेपाल फर्कंदै

फाइल तस्विर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कंदैछन् । यही पुस २० गते पत्नी सीताको थप उपचारका लागि उनी मुम्बई गएका थिए।

दाहाल छोरी रेणुका साथ शनिबार दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेका हुन् । उनी दिउँसो ३ बजे  फर्किने कार्यक्रम छ ।

लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । सीता दाहालको मुम्बईमा उपचार भइरहेको छ।  यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस